बसले किचेर १४ वर्षीया किशोरीको मृत्यु
सोमबार, ११ कात्तिक २०७६, १७ : ५७
सुर्खेत– चिङ्गाड गाउँपालिका—३, चिउडुवामा बसले किचेर आज एक किशोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्खेतदेखि जाजरकोटको शिवालय जाँदै गरेको लु १ ख ४८२३ नम्बरको यात्रुवाहक बसले किच्दा दैलेखको डुङ्गेश्वर गाउँपालिका—४, अवलपराजुलकी १४ वर्षीया कमला बुढाको घटनास्थलमै मृत्यु भएको हो ।
उकालोमा बढी चाप धान्न नसकेर पछाडि गुडिरहेको अवस्थामा अत्तालिएर ढोकाबाट हाम फाल्दा बुढाको सोही बसको चक्काले किचेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए । घटनास्थलमा प्रहरी पुगेर थप अनुसन्धान शुरु गरिसकेको छ ।
त्यस्तै आइतबार राति पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका—६, लिसीडाँडामा लक्ष्मी पूजाका अवसरमा बालिएको मैनबत्तीको आगोबाट स्थानीय कुमार दमाईको घर जलेर करीब रु। एक लाख ५० हजारबराबरको सम्पत्ति क्षति भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकभर स्वच्छ खानेपानी आपूर्ति सुनिश्चित गर्न संसदीय समितिको निर्देशन, १५ दिनभित्र कार्ययोजना माग
-
लुम्बिनी प्रदेशसभाको बैठक सुरु, चार मन्त्रालयको बजेटमाथि छलफल जारी
-
किन स्थगित भयो प्रतिनिधिसभा बैठक ?
-
सभामुखको मान मर्दन हुने शब्द संसद्को रेकर्डबाट हटाउन माग
-
अनलाइन ठगीको दायरा बढ्दै, १६ प्रकारले ठगिन्छन् सर्वसाधारण
-
सभामुखलाई राजेन्द्र राईको चुनौती : कुरा बुझिसकेँ, खुट्टी हेरिसकेँ, तपाईंले ५ वर्ष संसद् चलाउनुहुन्न !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण