व्यवसायी साहविरुद्ध बाल यौनदुर्व्यवहार मुद्दा दर्ता
मङ्गलबार, १२ कात्तिक २०७६, ०९ : ५८
रौतहट । रौतहटको कटहरिया बजारका एक जना व्यवसायीविरुद्ध प्रहरीले बाल यौनदुर्व्यवहारको मुद्दा दर्ता गरेको छ ।
कटहरिया नगरपालिका–५ का ३५ वर्षीय लक्ष्मी साह सोनारमाथि यौनदुर्व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको हो ।
पीडितका बुवाले लिखित जाहेरी दिएपछि आरोपीलाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरीएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरिक्षक तुलसीराम अर्यालले बताएका छन ।
अदालत खुल्ना साथ अभियुक्त साहको म्याद थप गर्ने तयारीमा रहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
धनतेरसको साँझ छिमेकीकी १५ वर्षिया छोरी भाडा खरिद गर्न जाँदा साहले जबरजस्ती घरभित्र लगेर यौनदुर्व्यवहार गरेको पीडितको आरोप छ ।
व्यवसायी साहले यसअघि पनि हातहतियार मुद्दामा केही महिना जेलमा बिताइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण