भक्तपुरको साँगादेखि काठमाडौंको फुलचोकीसम्मको ट्रेकिङ रुटको नयाँ नामाकरण
भक्तपुर-सरकारले भक्तपुरको साँगादेखि काठमाडौंको फुलचोकीसम्मको ट्रेकिङ रुटको नामाकरण राष्ट्रिय विभूति शंखधर साख्वाको नामबाट राख्ने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रिय विभूति शंखधर साख्वाः को सम्मानमा उनको नामबाटै सो रुटको नामाकरण गर्ने घोषणा गरेका हुन् ।
नेपाल संवत ११४० को अवसर पारेर मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मध्यपुर ठिमी नगरपालिकाभित्र ‘राष्ट्रिय विभूति शंखधर साख्वा स्मृति पार्क’ निर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गरे । मध्यपुर ठिमी नगरपालिकाले राष्ट्रिय विभूति शंखधर साख्वाः स्मृति पार्क बनाउने तयारी गरेको छ । त्यसमा सरकारले पनि आवश्यक सहयोग उपलब्ध गराउने मन्त्री भट्टराईको भनाई थियो ।
मन्त्री भट्टराईले किसानहरुको ऋण मोचन गरेर सुरु भएको नेपाल संवत नेपाली जनताको संवत भएको उल्लेख गर्दै आगामी वर्षबाट सो संवत मनाउन नेपाल सरकार आफैं आयोजक बन्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण