श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु
बिहीबार, १४ कात्तिक २०७६, १२ : ५५
सुनसरी । पतिको कुटाइबाट सुनसरीको धरान–१५ स्थित खोरियाबस्ती बस्ने २३ वर्षीया जिना राईको मृत्यु भएको छ ।
बुधबार राति करिब ९ बजे जिना र उनका पति अर्जुनबीच झगडा भएको थियो । पतिसँग घरायसी विवाद बढेपछि जिना घरबाट निस्केर बाहिर जाँदै गरेको अवस्थामा उनलाई पतिले हिर्काएका थिए ।
प्रहरीका अनुसार ३१ वर्षीय अर्जुनले जिनालाई पछ्याउदै ढुंगाले टाउकोमा प्रहार गर्दा जिनाको घटनास्थलमै मृत्यु भएको हो । श्रीमतीको हत्या गरी फरार राईलाई राति सबा ११ बजे नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव सेवा आश्रमलाई श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार
-
सिनामङ्गल–बानेश्वर क्षेत्रको बागमतीबाट दुई मेट्रिक टन नकुहिने फोहाेर व्यवस्थापन
-
नेपालको सरकारी सेवाहरूमा समानुभूतिपूर्ण व्यवहार
-
कञ्चनपुर–कमला सडकखण्डको स्तरोन्नति तीव्र, ७५ प्रतिशत भौतिक प्रगति
-
होल्डिङ सेन्टरका सुकुमबासी भन्छन्– अब नदीमा हाम फाल्नुको विकल्प छैन
-
जिन्दगी एक दृश्य ! अनेकौं अदृश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण