भारतमा नेपाली मजदूरको सामूहिक हत्याका आरोपितलाई थुनामा राख्न आदेश
बैतडी – भारतको पिथौरागढमा तीन नेपाली मजदूरको लिङ्ग काटेर हत्या गरेको आरोपमा पक्राउ परेका नेपाली मजदूर धनबहादुर बोहरालाई १४ दिन हिरासतमा राख्न जिल्ला न्यायालय पिथौरागढले अनुमति दिएको छ ।
जिल्ला न्यायालय पिथौरागढबाट १४ दिन हिरासतमा राख्ने आज आदेश पाएपछि बोहरामाथि थप अनुसन्धान शुरु भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आरोपित बोहरामाथि थप अनुसन्धान गर्न प्रहरीले न्यायालयबाट थप म्याद मागेकाले म्याद थपिएको बताइएको छ । न्यायालयले १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
कात्तिक ८ गते पिथौरागढको मडधुरामा पुुर्चौंडी–५ दहतोलीका हरिश बोहरा, उहाँका सहोदर भाइ बीरा बोहरा र पुर्चौंडी–४ भटना तडीखेतका काशी बोहराको हत्या भएको थियो । घटना भएलगत्तै हत्याराको खोजीमा रहेको भारतीय प्रहरीले कात्तिक ११ गते भारतकै मन्सुयारीबाट धनबहादुर बोहरालाई नियन्त्रणामा लिएको हो ।
पुर्चौंडी नगरपालिका–५ घर भएका बोहराले तीन नेपाली मजदूरको हत्या आफूले गरेको भारतीय प्रहरी समक्ष स्वीकार गरेका छन् । पक्राउ परेका बोहरा भारतमै मजदूरी गर्दै आएका थिए । बोहराले प्रहरीसमक्ष कात्तिक ८ गते चारै जनाले रक्सी खाएको र पछी रक्सी थप पिउने विषयमा विवाद हुँदा ढुङ्गाले तीनैजनाको टाउकोमा हिर्काएको र त्यसपछि आफैँले उनीहरुको हसियाले लिङ्ग काटेको बयान दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण