मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने

मङ्गलबार, ०२ असार २०८३, २२ : ४३
मङ्गलबार, ०२ असार २०८३

सारांश

  • मिस एन्ड मिस्टर सिप्रन्यासनल नेपाल २०२६ का विजेता पूर्णिमा कार्की र मृदुल आचार्य घोषित भएका छन् ।
  • कानुन व्यवसायी तथा टिभी होस्ट कार्की र सिभिल इन्जिनियर आचार्यले पोल्यान्डमा हुने सुप्रन्यासनलको अन्तर्राष्ट्रिय फिनालेमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
  • सनुर्वी इन्टरन्यासनलले राजधानीमा आयोजना गरेको कार्यक्रममा आन्तरिक मूल्याङ्कनमार्फत विजेता छनोट गरिएको थियो ।

काठमाडौँ । ‘मिस एन्ड मिस्टर सिप्रन्यासनल नेपाल २०२६’ पूर्णिमा कार्की र मृदुल आचार्य घोषित भएका छन् । कार्की मिस सुप्रन्यासनल र आचार्य मिस्टर सुप्रन्यासनलको तर्फका विजेता बने । २४ वर्षीया कार्की कानुन व्यवसायी र टिभी होस्ट हुन् भने ३० वर्षीय आचार्य सिभिल इन्जिनियर हुन् ।

राजधानीमा  एक कार्यक्रम गर्दै सनुर्वी इन्टरन्यासनलले विजेता घोषणा गरेको हो । विजेता आन्तरिक मूल्याङ्कनमार्फत छनोट गरिएको थियो । यी दुबैजनाले पोल्यान्डमा ३१ जुलाईमा आयोजना हुने सुप्रन्यासनलको अन्तर्राष्ट्रिय फिनालेमा सहभागिता जनाउनेछन् ।

छनौट समितिमा सन्तोष उपाध्याय, धीरजकाजी बस्नेत, मनोज महर्जन, सजिना खनाल, मोनिका अधिकारी र क्षितिज श्रेष्ठ निर्णायक रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप