हात्ती धपाउन लगाइएको करेन्ट लागेर मामा–भान्जाको ज्यान गयो
शनिबार, १६ कात्तिक २०७६, १० : ३५
झापा–झापाको बुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर आज बिहान मामा र भान्जाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा बुद्धशान्ति–४ का १८ वर्षीय अविनाश राई र उनका मामा भोजपुर निवासी ३५ वर्षीय मनिराम राई रहेका छन् ।
दुवै जनालाई आज बिहान ७ बजे मृतावस्थामा स्थानीय नवज्योति सामुदायिक वनभित्रको एउटा खोल्सीमा भेटिएको प्रहरीले जनाएको छ । माछा मार्न जाने क्रममा दुवै जना विद्युतीय करेन्ट प्रवाह भएको तारमा परेको प्रहरीको भनाइ छ । घटनास्थलमा प्रहरीको टोली पुगिसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रवक्ता श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण