जनकपुरमा छठ पूजाको तयारी, छठ घाटहरु दुलहीझैँ सिंगारियो (फोटो)
जनकपुर । तराइ मधेसमा शनिबार छठ पर्व हर्षोलासका साथ मनाइँदैछ । तराई मधेशमा अहिले आस्थाको पर्वको रुपमा मानिने छठको रौनकताले विभिन्न तलाउहरु दुलहीझैँ सजाइएको छ ।
जनकपुरमा पनि छठपूजाका लागि बनाइएका घटघाटहरुमा शनिबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ । त्यसका लागि घठघाटहरु दूलहीझैँ सिँगारिएको छ ।
कात्तिक मासको शुक्ल चतुर्थीेको दिनबाट सुरु हुने छठ पर्व कार्तिक शुक्ल सप्तमी तिथिका दिन सम्पन्न हुन्छ । यसपर्वमा सूर्यदेवको उपासना गरिन्छ । हिन्दु धर्ममा सूर्य पूजाको परम्परा वैदिक कालदेखि नै रहँदै आएको मानिन्छ । यसपर्व गरिब, धनी तथा जातीय विभेद नगरी एक साथ एकै ठाउँमा मिलेर मनाइने हुँदा समाजमा रहेका छुवाछुतजस्ता विकृति हटाउन पनि सहायक सिद्ध हुने गरेको सांस्कृतिविद् डा. भोगेन्द्र झा बताउँछन् ।
छठ पर्व निकै कठिन पर्व मानिन्छ । चार दिनको यस पर्वमा व्रतालुले दुई दिन बिना अन्नपानीको भोकै बस्नुपर्दछ । जीउ शुद्ध गर्न नुहाउने दिनलाई ‘नहाय–खाए’ भनिन्छ भने दोस्रो दिन दिनभरि उपवास रही रातीमा ‘खीर’ बनाई देउतालाई चढाएर खाने विधिलाई ‘खरना’ भनिन्छ ।
त्यस्तै मूल दिनमा ठेकुवा, भुसवा आदि कृषिजन्य अन्नको पीठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हाती, सूप, कनसुपती, कलशसहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ्य दिइन्छ ।
छठपर्व नै यस्तो पर्व हो जसमा अस्ताञ्चलगामी सूर्यलाई पनि पूजा गर्ने परम्परा छ । बिहीबार बिहानपख उदाउँदै सूर्यलाई अर्घ्य दिई पर्वको समाप्त गरिन्छ ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण