काँग्रेस धनकुटा नगरका पूर्व सभापति श्रेष्ठको निधन
रबिन कटेल
धनकुटा । नेपाली काँग्रेस धनकुटा नगर कार्य समितिका पूर्व सभापति केदारलाल सिंह श्रेष्ठको गएराति निधन भएको छ । दुई वर्ष अघिदेखि मृगौलासम्बन्धि समस्याबाट ग्रसित श्रेष्ठको ८४ बर्षको उमेरमा गएराति १ बजे निधन भएको परिवार स्रोतले जनाएको छ ।
धनकुटाको भीमनारायण चोक घर भएका श्रेष्ठ काठमाडौँ बस्दै आएका थिए । काठमाडौँमै उनको निधन भएको काँग्रेस धनकुटाका सचिव बिजय सन्तोषी राईले जानकारी दिए । श्रेष्ठको पार्थिव शरिरमा नेताहरुले पार्टीको झण्डा ओढाएर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टीले जनाएको छ ।
करिव ४८ सालमा काँग्रेसको धनकुटा नगर सभापतिमा निर्वाचित भएका श्रेष्ठले चार वर्षे कार्यकाल सफलतापूर्वक पुरा गरेका थिए । इमानदार, कर्तव्य निष्ठ, साहसिक र कुसल संगठनकर्ता श्रेष्ठको निधनले काँग्रेस धनकुटालाई अपुरणीय क्षति पुगेको पार्टी सचिव राईले बताए । स्वर्गिय श्रेष्ठका श्रीमतिसहित दुई छोरा र तीन छोरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थितिमा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण