नेपाली फुटबल खेलाडी म्यानमार प्रस्थान
काठमाडौँ । मैत्रीपूर्ण खेलका लागि म्यानमार जाने नेपाली राष्ट्रिय फुटबल टोलीको विदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालगायतका पदाधिकारीहरुले आइतबार ललितपुरको सातदोबाटोस्थित एन्फा परिसरमा सो टोलीको विदाइ गरेका हुन् । खेलाडीको विदाई पछि संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष शेर्पाले म्यानमारविरुद्ध सो टोलीले उच्च प्रर्दशन गर्ने विश्वास व्यक्त गरे ।
उनले यसअघि म्यानमारविरुद्ध अन्डर–२३ र महिला टोलीले उच्च प्रर्दशन गरेको उल्लेख गर्दै आज गएको टिमले पनि उच्च प्रर्दशन गर्ने बबताए ।
२३ सदस्यीय खेलाडीसहितको सो टोली आइताबार दिउँसो नै म्यानमार प्रस्थान गरेको छ । नेपालले म्यानमारसँग आगामी कार्तिक २१ गते बिहीबार मैत्रीपूर्ण खेल खेल्नेछ ।
कतारमा आयोजना हुने फिफा विश्वकप छनौट अन्तरगत समूह चरणको खेल खेलिरहेको नेपालले घरेलु मैदानमा हुने खेल अघि म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपालले पहिलो घरेलु खेलमा कुवेतसँग आगामी मंसीर ३ गते दशरथ रंगशालामा खेल्नेछ । म्यानमारसँगको मैत्रीपूर्ण खेललाई कुवेतसँगको तयारीको रुपमा हेरिएको छ । विश्वकप छनौटको समूह ‘बी’ मा रहेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको चौंथो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण