तीन जना पदाधिकारी नआएपछि काँग्रेस बैठक बस्दै नबसी स्थगित, उम्मेदवार छनोट मंगलबारलाई सर्यो
काठमाडौं – नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै नबसी स्थगित भएको छ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको उम्मेदवार छनोटका लागि बोलाइएको पदाधिकारी बैठक बस्दै नबसी स्थगित भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार र कोषध्यक्ष सीतादेवी यादव उपस्थित हुन नसकेपछि बैठक स्थगित गरिएको उनले भनाइ छ । अनका अनुसार उनीहरु छठ पर्वका मनाउन गृहजिल्ला गएका कारण आजको बैठकमा उपस्थित हुन नसकेका हुन् । सभापति शेरबहादुर देउवा निवास बूठानीलकण्ठमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको थियो ।
फेरि उम्मेदवार छनोटका लागि मंगलबार बिहान ९ बजे देउवा निवासमा पदाधिकारी बैठक बोलाइएको छ । सोमबार सभापति देउवासहितका नेताहरु सिन्धुपाल्चोकको सुकेटरमा जाने कार्यक्रम रहेको छ । बैठकअघि एक चरण सम्बन्धित जिल्लाका केन्द्रीय सदस्य र पार्टी पदाधिकारीबीच छलफल पनि हुने छ ।
यता निर्वाचन आयोगले प्रतिनिधिसभाको एक र प्रदेशसभाको तीन रिक्त स्थानमा उम्मेदवार मनोनयन गर्न कात्तिक २१ गते बिहान १० देखि दिउँसो १ बजेसम्म दर्ता गर्नुपर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण