बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

तास खेलिरहेको अवस्थामा ५७ हजार नगदसहित ११ जना पक्राउ

आइतबार, १७ कात्तिक २०७६, २२ : ४१
आइतबार, १७ कात्तिक २०७६

सिन्धुपाल्चोक-तास खेलिरहेको अवस्थामा आज प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । मेलम्चीको रोज एण्ड रेष्टुरेण्टमा बिगत ४ दिनदेखि तास खेलिरहेको भन्ने विशेष सुराकीको आधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरुबाट नगद ५७ हजार ७ सय ७०,  ४ बुक तास र १३ थान मोबाइल सहित ११ जनालाइ पक्राउ गरेको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिए । पक्राउ परेकाहरुलाई थप अनुसन्धान गरि कानुनअनुसार कारबाही गरिने निरिक्षक दर्नालले जानकारी दिए ।

पक्राउ पर्नेमा सोनाम तामाङ, विजय तामाङ, राम गिरी, सुरेश तामाङ, रामकुमार तामाङ, राजु मगर, विकास तामाङ, गणेश तामाङ, जितबहादुर तामाङ, योङ तामाङ, विकास तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप