आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

आजका सम्पादकीय : प्रदेश प्रमुख हटाउने निर्णयको विरोध, सडक दुर्घटना र नियुक्तीका विषयसम्म

मङ्गलबार, १९ कात्तिक २०७६, ०७ : १९
मङ्गलबार, १९ कात्तिक २०७६

आज प्रकाशित विभिन्न राष्ट्रिय दैनिक पत्रिकाहरुले सरकारले अप्रत्याशित रुपमा सातै प्रदेशका प्रमुखलाई हटाएइको विपक्ष र आइतबार सिन्धुपाल्चोक र म्याग्दीमा भएका ठूला दुर्घटनाका विषयलाई सम्पादकीयमा समेटेका छन् ।

कान्तिपुर दैनिकले ‘बेमौसमको विवादास्पद कदम’ शीर्षकमा सरकारले अप्रत्याशित र हठात ढङ्गबाट आइतबार सातै प्रदेशका प्रमुखलाई एकैपटक पदमुक्त गरेपछिको अवस्थालाई उठाएको छ ।

सम्पादकीयमा भनिएको छ –प्रदेश प्रमुख कनुै दलविशेषको भन्दा पनि समग्र राष्ट्रकै पद हो । यो कुनै राजनीतिक नियुक्ति हुने संस्थानको कार्यकारी प्रमुखजस्तो दर्जा मात्रै होइन । राष्ट्रिय रुपमा सम्मानित यस ओहोदालाई दलीय स्वाथ्र्यभन्दा माथि राख्नु सरकारको ठूलो दायित्व हो । यस्तो गलत नजिरले मुलुकको राजनीतिक संस्कारमा दूरगामी असर मात्रै पार्नेछ ।

त्यस्तै नेपाल समाचारपत्रले ‘सरकारको स्वैच्छाचारी कदम’ शीर्षकमा सरकाले सातै प्रदेशका प्रदेशम प्रमुखहरु आइतबार हठात्हरुपमा हटाएको बताएको छ । आम अपेक्षा विपरित सरकारले निर्वाचन आचारसंहितामात्र नभई राजनीतिक चरित्रपनि गुमाएको सम्मादकीयमा उल्लेख गरेको छ ।

आजको अन्नपूर्ण पोष्टले ‘यात्रु कोच्ने थोत्रा सवारी साधन’ शीर्षकमा देशमा एकै दिन दुई ठूला दुर्घटना भएका सिन्धुपाल्चोक र म्याग्दीमा विषयलाई उठाइको छ । सम्पादीयमा अन्नपूर्णले सार्वजनिक यातायात क्षेत्रमा व्यावसायिकता अभाव भएको उल्लेख गर्दै  यात्रुको अधिकरको सम्मान गर्नुपर्नेमा जोड दिएको छ ।

त्यसैगरी आजको नागरिक दैनिकले पनि यात्रुबाहक वस दुर्घटनाको विषयलाई सम्पादकीयमा समेटेको छ । ‘सडक दुर्घटनाको त्रासदी’ शीर्षकमा सम्पादकीयमा सडको अवस्था, यात्रुको चेतना र सवारीचलकमो गैर जिम्मेवारीपनाको विषयलाई उठाएको छ ।

आजको गोरखापत्र दैनिकले ‘भ्रमणवर्षको दायित्व’ शीर्षकमा नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना दिँदै यस कार्यमा सबैको सहयोग आवश्यक भएको उल्लेख गरेको छ । वर्षभरिमा २० लाख पर्यटन भित्राउने भ्रमण वर्षको लक्ष्य सफल बनाउन जोड दिँदै गोरखापत्रले नेपालले पर्यटन विकासमा अपनाएको विविधताले ग्रामीण पर्यटनको थप सम्भावना देखिएको उल्लेख गरेको छ ।

त्यसैगरी आजको नयाँ पत्रिकाले त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.धर्मकान्त बाँस्कोटालाई नियुक्त र प्रा.डा. भगवान् कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरेको विषयममा सम्पादकीय लेखेको छ । त्रिविको स्वाथ्र्यमा सबैलाई मिलाएर लैजान सकुन् भन्ने शुभकामनासहित ‘बेथितिबीचका नियुक्ति’शीर्षकमा बग्रेल्ती समस्याका चाङमाथि अभिएका त्रिवि र मेडिकल काउन्सिलका नयाँ नेतृत्वमा निकै ठूला अपेक्षा गरिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप