पलेँटीमा संगीतकार आभास र मीना
काठमाडौं – नेपालयको आर शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रवार आयोजना हुने गरेको साङ्गीतिक कार्यक्रम पलेंटी श्रृंखलामा यसपटक संगीतकार आभासले गायिका मीना निरौला मार्फत् आफ्ना सृजनाहरू प्रस्तुत गर्ने भएका छन् ।
नेपाली चलचित्र संगीतमा अहिले चर्चित मीना निरौला झण्डै एक दशक पहिलेदेखि पलेँटी सित आवद्ध रहेकी गायिका हुन् । मीनाले यसभन्दा पहिले सुप्रसिद्ध गीतकार रत्न शमशेर थापा, किरण खरेल, राममान तृषित, दिनेश अधिकारी र मुर्धन्य संगीतकार अम्बर गुरूङ, शान्ति ठटाल लगायतसँग अरू दर्जनौं पलेँटीमा आफ्नो सहगायन प्रस्तुत गरिसकेकी छन् । यसपालीको पलेँटी भने मीनाको एकल गायनको पहिलो पलेँटी हुनेछ ।
संगीतकार आभास पलेँटीलाई प्रारम्भदेखि नै संयोजन गर्दै आइरहेका संगीतकर्मी हुन् । सन् २००६ मापलेँटीले दार्जी्लिङका नेपाली भाषी कलाकारलाई पनि समेट्न शुरु ग¥यो । सन् २००७ मायसको दायरा अझै फराकिलो पार्ने उद्देश्यले संगीतकार आभास भारतको उत्तर पूर्वी राज्यहरूको भ्रमणमा निस्के ।
आभासले यसपालीको पलेँटीमा गायिकामीनानिरौलाकानिम्तिनयाँ र पुराना गरेर झण्डै १६ वटा गीत छानेका छन् । केहीयुगलगीतपनि रहने छन् जसलाई आभास आफैँले मीनाका साथ प्रस्तुतगर्ने छन् । यासपालीको पलेँटीका निम्ति छानिएका गीतमा वैरागीकाईंला, मञ्जुल, दिनेश अधिकारी, श्रवण मुकारुङ र आभासकाशब्दहरू रहेका छन् । संगीतकार आभासले मीनाकै स्वरका लागि सृजना गरेका नयाँ गीतहरू पनि यसपालीको पलेँटीमा पहिलो पल्ट प्रस्तुत हुनेछन् ।
गायिका मीना निरौला र बेनुका राईलाई साथमा लिएर संगीतकार आभासले केही महिना पहिले तीन दर्जनभन्दा धेरै बालगीतहरू रेकर्ड गराएका छन् । मीनाले नेपालयले पुस्तक सहित प्रकाशन गर्ने तयारी गरिरहेका बालगीतहरूको केही झलक पनि प्रस्तुत गर्नेछिन् ।
यो महिनाको पलेँटी २५ अगष्ट शुक्रवारको साँझ ‘आर’शालामा प्रस्तुत हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण