विप्लवको छोराको नेतृत्वमा माइतीघरमा प्रदर्शन (फोटोफिचर)
काठमाडौँ । मेडिकल कलेज सञ्चालकहरुले मनपरी शुल्क असुल गरेको विरोधमा चिकित्सा शिक्षा संघर्ष समितिले मंगलबार राजधानीको माइतीघरमा प्रदर्शन गरेको छ ।
चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरुले मडिकल कलेजहरुले असुल्दै आएको अतिरिक्त शुल्क तत्काल फिर्ता गर्न माग गरे ।
उनीहरुले विद्यार्थीमाथिको दमन बन्द गर, मेडिकल माफिया मुर्दावाद, प्रगतिशील विद्यार्थी एक होऔं लगायत नारा लेखिएको ब्यानरसहित प्रदर्शन गरेका थिए ।
उनीहरुले मेडिकल कलेजहरुले मनपरी शुल्क असुल्दा पनि राज्य मौन भएको भन्दै सरकारको कडा आलोचना समेत गरेका थिए ।
प्रदर्शनका क्रममा अभियानका संयोजक प्रकाश चन्दले बढी असुलिएको सुल्क फिर्तालगायतका आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताए । प्रकाश प्रतिवन्धित नेकपाका महासचिव विप्लवका छोरा समेत हुन् । उनको नेतृत्वमा मेडिकल क्षेत्रमा भएको बेथितिविरुद्ध केही समययता आन्दोलन हुँदै आएका छन् ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखापत्रको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त
-
कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत
-
शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत
-
इरानको चेतावनी : होर्मुज जलडमरूमध्यमा आफूले तोकेकै मार्ग प्रयोग गर्न आग्रह
-
विशिष्ट संरचना सञ्चालन तथा विकास समितिको कार्यकारी निर्देशकमा खड्का नियुक्त
-
गुगलले ईयूमा हार्यो ४ अर्ब १० करोड यूरो जरिवानाविरुद्धको मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण