उपनिर्वाचनमा राजपाले समाजवादी पार्टीसँग तालमेल गर्ने
मङ्गलबार, १९ कात्तिक २०७६, १७ : २९

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) ले आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनमा समाजवादी पार्टीसँग तालमेल गर्न पहल गर्ने निर्णय गरेको छ।
यसबारे समाजवादी पार्टीले भने तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन ।
मंगलबार राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकले उम्मेदवारी घोषणाअघि समाजवादी पार्टीसँग तालमेल गर्न पहल गर्ने निर्णय गरेको हो ।
‘मंसिर १४ गते हुने विभिन्न तहको उपनिर्वाचनमा दिइने उम्मेदवारीको सम्बन्धमा निर्णय गर्नु पर्ने भएकाले उक्त निर्णय गर्नु भन्दा पूर्व समाजवादी पार्टीसँग अविलम्ब वार्ता गरी तालमेल गर्न पहल गर्ने निर्णय गरियो’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
बैठकले पार्टीको तदर्थ समिति गठन निर्देशिका २०७६ को दफा ६(ग)मा संशोधन समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की
-
कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु
-
कुमाल गाउँका ८० जनाले सिके पाउदुरे नाच
-
“भ्रष्टाचार विरुद्धका कविता” पुस्तक लोकार्पण, ४ लाख नगद सहित सर्जकलाई सम्मान
-
विद्यार्थीको कपालको लम्बाइबारे लचिलो बन्यो थाइल्यान्ड
-
सात गोलको थ्रिलरमा हार्यो युनाइटेड