उपनिर्वाचनमा राजपाले समाजवादी पार्टीसँग तालमेल गर्ने
मङ्गलबार, १९ कात्तिक २०७६, १७ : २९
काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) ले आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनमा समाजवादी पार्टीसँग तालमेल गर्न पहल गर्ने निर्णय गरेको छ।
यसबारे समाजवादी पार्टीले भने तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन ।
मंगलबार राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकले उम्मेदवारी घोषणाअघि समाजवादी पार्टीसँग तालमेल गर्न पहल गर्ने निर्णय गरेको हो ।
‘मंसिर १४ गते हुने विभिन्न तहको उपनिर्वाचनमा दिइने उम्मेदवारीको सम्बन्धमा निर्णय गर्नु पर्ने भएकाले उक्त निर्णय गर्नु भन्दा पूर्व समाजवादी पार्टीसँग अविलम्ब वार्ता गरी तालमेल गर्न पहल गर्ने निर्णय गरियो’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
बैठकले पार्टीको तदर्थ समिति गठन निर्देशिका २०७६ को दफा ६(ग)मा संशोधन समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण