एमसीसी बलियो अवस्थामा
काठमाडौं। नेपालविरुद्धको तीन दिवसीय प्रथम श्रेणीको (क्रिकेट पहिलो दिन मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बलियो अवस्थामा छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ८६ ओभरमा ६ विकेट गुमाएर तीन सय ११ रन बनाएको छ । खराब प्रकासको कारण नौ ओभर बाँकि रहदै खेल रोकिदा एमसीसीले उच्च योगल तयार गरेको हो । एमसीसीको उच्च योगफलमा तीन खेलाडीले अर्धशतक बनाए ।
एमसीसीका विल रोड्स ७३ रनको अर्धशतकीय इनिङ खेले । विल भान्डेर्सपारले ५३ रन र मिल्स हाम्मोन्डले ५२ रनको अर्धशतकीय इनिङ खेलेका छन् । टम वेस्ट्लीले ३९ र एड योङले १७ बनाए । बिली गोडलम्यान १० रनमा आउट भए । यसैगरी यासिर अराफाट ३५ रनमा अविजित रहदा एलेक्स थोम्पसन २१ रनमा अविजित छन् । नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र शरद भेषवाकरले दुई दुइ विकेट लिए । बिहबार पुन ः एमसीसीले खेल सुरुवातमा ब्याटिङ गर्नेछन् । नेपालले १४ वर्षपछि घरेलु मैदानमा फस्ट प्रथम श्रेणीको mिकेट खेलेको हो । नेपालले पछिल्लो पटक सन् २००५ मा युएईविरुद्ध आईसीसीले मान्यता दिएको पहिलो श्रेणीको क्रिकेट खेलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण