सात समुद्र पारी मनाइयो महापर्व छठ

अमेरिका– सात समुद्र पारी अमेरिकामा लोक आस्थाको महापर्व छठ मनाइएको छ ।
यो लोकपर्वलाई विदेशमा रहेर पनि आफ्नो धर्म कला संस्कृतिलाई जोगाएर राख्नका लागि तथा नेपाली मधेशी संस्कृतिलाई विश्व सामु चिनाउन न्यूयोर्क अल्बानी मधेशी समाज, अमेरिकाका मधेशी युवाहरू द्वारा न्युयोर्क राज्यको राजधानी अल्बानीको हिन्दु मन्दिरमा रहेको पोखरीमा यस पर्वको छठ आयोजन गरेका थिए ।
“नहाय खाय” बाट शुरु भएको पर्व ४ दिनसम्म बिभिन्न पूजाआजा गरेर मनाइयो। २ नोवेम्बर का दिन “सँझिया घाट”मा अस्ताउँदो सूर्यलाई र ३ नोवेम्बेर बिहान उदाउँदैगरेको सूर्यलाई अर्घ्य दिएर छट सम्पन्न गरिएको छ ।
अमेरिका, नेपाल, भारत , बंगलादेश, पाकिस्तान लगायत विश्वभरि छठ पर्वमा आस्था राख्ने श्रद्धालुहरुको बाक्लो उपस्थिति रहेको थियो।
करीब २०० जनाले सूर्य भगवानको दर्शन गरेका थिए । विश्वमा नेपाली मधेसी संस्कृति र कला पहिचानको संवर्धनका लागि न्यूयोर्क अल्बानी मधेशी समाज र छठ पर्व का संजोयक प्रशान्त साहको अगुवाईमा ५१ सदस्यीय कमिटी बनाइएको थियो।
विभिन्न कार्यक्रममार्फत नेपाली मधेशी सँस्कृतिलाई विश्व सामु चिनाउन अग्रसर हुने साथै नेपाल मधेशमा हर संभव सहयोगको प्रतिबद्धताका लागि न्यूयोर्क अल्बानी मधेशी समाज अमेरिकाको संधै साथ रही रहने विजय चंद्रले जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमई ग्रुपको लगानीमा नवलपुरको मौलाकालीमा ‘इला होटल’ सञ्चालनमा आउँदै
-
गभर्नर नियुक्तिका लागि आफूखुसी मापदण्ड बनाइएको भन्दै सर्वोच्चमा रिट
-
सात दिनमा सिफारिस समिति बनाइ डेढ महिनाभित्र सहकारी नियमन प्राधिकरण गठन गर्न सर्वोच्चको परमादेश (पूर्णपाठ)
-
अघि बढेन वामपन्थी एकता, गतिहीन बन्यो समाजवादी मोर्चा
-
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी
-
९ महिनामा पढाइका लागि एक खर्ब ३ अर्ब ८४ करोड रूपैयाँ विदेश पठाइयो