कास्कीमा बिमलेन्द्र निधिले भने : म विजयको सन्देश लिएर काठमाडौंँ जान चाहन्छु
पोखरा । आगामी मंसिर १४ मा हुने उपनिर्वाचनको लागि कांग्रेसले अरु पार्टीले भन्दा निकै ढिलो गरि उम्मेदवारको टुंगो लगायो । १६ आकाक्षीमध्येबाट कांग्रेसलाई उम्मेदवार टुंग्याउन हम्मेहम्मे नै पर्यो ।
बिहीबार उमेदवारी मनोनयन दर्तासँगै कास्की २ मा उम्मेदवार घोषणा सभामा पुगेका उपसभापति बिमलेन्द्र निधिले मंसिर १४ मा हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचन कांग्रेसले जित्छ भन्ने सन्देश लिएर काठमाडौं जान चाहेको बताएका छन् ।
‘उपनिर्वाचनमा नेपाली कांग्रेले अवश्व जित्छ भन्ने सन्देश लिएर काठमाडौं जान चाहन्छु,’ उनले भने, ‘विजयको सन्देश लिएर जान चाहन्छु ।’
सभालाई सम्बोधन गर्दै निधिले कास्की २ मा उमेदवार टुंगो लगाउन हम्मेहम्मे परेको स्मरण गरे । ‘धेरै साथीहरुले फोन गरेर किन ढिला भनेर सोध्नुभयो, कांग्रेस पदाधिकारी साथीहरुले पनि हाम्रो ध्यान कास्की २ मा छ है भन्ने कुरा गर्नुभयो,’ उनले भने, ‘आधा रातसम्म पनि फोन आए । उम्मेदवार घोषणा गरेपछि १ बजेसम्म पनि फोन आयो ।’
उम्मेदवार घोषणासँगै पार्टीभित्रको गुट र अन्र्तघात पनि अन्त्य भएको उनले सुनाए । अघिल्लो चुनावमा रवीन्द्रले गुटकै कारण कांग्रेसको भोटले जितेको दाबी गर्दै निधिले गुटबन्दी अन्त्य गर्नुपर्ने बताए ।
उनले कार्यकर्तालाई चनाखो भएर चुनावमा लाग्न निर्देशन पनि दिएका छन् । सभालाई सम्बोधन गर्दै कांग्रेसका नेताहरुले वर्तमान सरकारको मनोमानीलाई हटाउन पनि कांग्रेसले चुनाव जित्नु पर्ने तर्क राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण