रियलको जितमा बेन्जेमाको दुई गोल
एजेन्सी । करिम बेन्जेमाको दुई गोल सहयोगमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा इबारमाथि प्रभावशाली जित निकालेको छ । शनिबार राति भएको खेलमा रियालले इबारलाई उसकै मैदानमा ४–० गोलले हरायो ।
रियालको सानदार जितमा बेन्जेमाले दुई तथा कप्तान सर्जियो रामोश र फेडरिको भालभेर्डेले एक–एक गोल गरे । रियलले खेलको २९ मिनेटभित्र १२ मिनेटको अन्तरमा तीन गोल गरेको थियो ।
१७ औँ मिनेटमा भालभेर्डेको पासमा बेन्जेमाले गोल गर्दै रियाललाई अग्रता दिलाए । २०औँ मिनेटमा कप्तान रामोसले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए । २९औँ मिनेटमा रियलले अर्को पेनाल्टी पायो जसलाई बेन्जेमाले गोलमा परिणत गर्दै रियललाई पहिलो हाफमै ३–० गोलको अग्रता दिलाए ।
६१औँ मिनेटमा लुका मोड्रिचको पासमा भालभेर्डेले गोल गर्दै रियललाई फराकिलो जित दिलाएका थिए ।
यस जितसँगै दोस्रो स्थानमा रहेको रियाल १२ खेलबाट २५ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको पनि २५ अंक छ तर गोल अन्तरका आधारमा रियल दोस्रो स्थानमा सिमित बनेको हो । १५ अंक बनाएको इबर १५ औँ नै स्थानमा छ । ला लिगाका अन्य खेलमा भ्यालेन्सियाले ग्रानाडालाई २–० र डिर्पोटिभो अलाभेसले रियल भालाडोलिडलाई ३–० गोलले हराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण