आर्सनललाई लेस्टरको झट्का
इङ्लिस प्रिमियर लिगको बलियो टोली आर्सनललाई लेस्टर सिटीको नमिठो झट्का लागेको छ । जारी लिगमा सानदार प्रदर्शन गरिरहेको लेस्टरले शनिबार राति भएको खेलमा आर्सनललाई २–० गोलले हरायो ।
घरेलु मैदानमा खेलिएको खेलमा लेस्टरलाई जिताउन जेमी भार्डी र जेम्स म्याडिसनले गोल गरे । लेस्टरले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।
६८औं मिनेटमा जेमीले गोलगर्दै लेस्टरको उत्साह बढाए । ७५औं मिनेटमा जेम्सले गोल गर्दै लेस्टरको जित सहज बनाएका थिए । बलियो आर्सनललाई हराएसँगै लेस्टर लिगको दोस्रो स्थानमा उक्लिएको छ । लेस्टरले १२ खेलबाट २६ अंक बनाएको छ ।
पराजित आर्सनल १७ अंक सहित छैटौं स्थानमा छ । चेल्सी तेस्रा स्थानमा छ । चेल्सीले पनि २६ अंक बनाएको छ । तथा २५ अंकसहित म्यानचेस्टर सिटी चौथो स्थानमा छ । शीर्ष स्थानमा रहेको लिभरपुलको ३१ अंक छ ।
प्रिमियर लिगकै शनिबार राति भएको खेलमा टोट्टनहाम सेफिल्ड युनाइटेडसँग १–१ गोलको बराबरीमा रोकिएको छ । अन्य खेलमा एभर्टनले साउथह्याम्पटनलाई उसैको मैदानमा २–१, न्युक्यासल युनाइटेडले एएफसी बर्नमाउथलाई २–१ र बर्नलीले वेस्टहाम युनाइटेडलाई ३–० गोलले पराजित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
-
चीनलाई विश्वकप चाहिँदैन, उसँग आफ्नै ‘भिलेज सुपर लिग’ छ
-
अर्जेन्टिना र स्पेनका खेलाडीबिच मैदानमै कुटाकुट, फिफाद्वारा अनुसन्धान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण