राउन्ड टेबल नेपालद्वारा गिनिज वर्ल्ड रेकर्डमा दर्ताको प्रयास
काठमाडौं–राउन्ड टेवल नेपालले कदम्बरी एकेडेमी वीरगंजका बच्चाहरुको लागि नोभेम्बर ११ मा वृहत लैगिंक समानता सम्बन्धी कार्यशालाको आयोजना गरेको छ । गिनिज वर्ल्ड रेकर्डको लागि अहिले सम्मकै सबै भन्दा ठुलो सत्रको आधिकारिक प्रयास थियो । आयुषी अग्रवालले सञ्चालन गरेको कार्यशालामा ११०० जना बालबालिकाहरुको सहभागिता रहेका थिए ।
यसै सन्दर्भमा प्रेससँग कुराकानी गर्दै राउन्ड टेबल नेपालका अध्यक्ष सौरभ केडियाले भने, ‘फ्रिडम थ्रो एजुकेशनको बारेमा चेतना जगाउने हाम्रो प्रयास भई रहेको छ, जस अन्तर्गत हामीले ४७ वटा विधालय बनाएका छौं ।
लैगिंक समानता सम्बन्धी विषय हाम्रो उदेश्य संग धेरै मिल्दोजुल्दो छ । लैंगिक असमानताबारे बर्षौंदेखि कुरा भईरहेको भएता पनि यसमा खासै उपलब्धीमुलक काम भएको पाइएको छैन र यो कुरा नेपालमा हालसम्म पनि विद्यमान रहेको छ ।
लैंगिक समानताका बारेमा हामी विशेष तरिकाबाट चेतना जगाउन चाहन्छौं जसले गर्दा कुनै पनि ब्यक्तिलाई उसको लिंगकै आधारमा कुनै पनि अधिकारबाट वञ्चित नगरियोस् । यस वृहत कार्यशाला हाम्रो लागि पनि समाजको लागि केही योगदान पु¥याउने एक उत्तम अवसर हो ।’
उक्त कार्यक्रममा राउन्ड टेबलका अन्तर्राष्ट्रिय अध्यक्ष सेवास्टियन वाल्टर, अन्तर्राष्टिय सचिव मार्क ग्रीमेसाउसेन, एशिया प्रशान्त अध्यक्ष जयन्त अग्रवाल, राउन्ड टेवल नेपालका सचिव राहुल र राउन्ड टेबल नेपालका अन्य सदस्यहरुको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण