काङ्ग्रेस–कम्युनिस्टलाई सच्याउन राप्रपालाई भोट : अध्यक्ष थापा
पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्ग्रेस र कम्युनिस्टलाई गलत बाटोबाट सच्याउनको निमित्त उपनिर्बाचनमा जनताले राप्रपालाई छनोट गर्नु पर्ने बताएका छन् ।
ठुला–ठुला भ्रस्टाचारको काण्डमा ठुला दलहरुको संलग्नता भएको भन्दै थापाले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र हाबी भएको बताए ।
एनसेल कर छुट, ३३ क्विन्टल सुन काण्ड , वाईडबढी हवाईजहाज काण्डमा ठुला दल र नेताहरुको संलग्नता रहेको चर्चा गर्दै थापाले विदेशी हस्तक्षेप र प्रभाव रोक्न राष्ट्रवादी शक्ति बलियो हुनुपर्ने आवश्यकता औल्याए ।
थपाले भने, ‘परिवर्तनको नाममा हामिले धर्म, संस्कृति कमजोर बनायौ, आत्मसमर्पणवादी मानसिकताको वकिास गर्यौ यो प्रवृत्तिको अन्त्य जरुरी छ ।’
कास्की – २ को चुनावी अभियानमा सहभागी हुँदै थापाले कास्कीको निर्बाचन परिणामले सरकार ढल्ने वा काङ्ग्रेस बढ्ने अवस्था नभएकोले परिवर्तनको सन्देश दिन राप्रपालाई जिताउन आग्रह गरे ।
काङ्ग्रेस र कम्युनिस्टलाई जिताउँदा मनपरितन्त्र, ब्रम्हलुट गर्नेहरुको मनोबल बढ्ने भन्दै अराजक प्रवृत्तिको अन्त्यको लागि राप्रपालाई मत दिन थापाले आग्रह गरे ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष तोरण गुरुङ , प्रदेश अध्यक्ष हेमजङ्ग गुरुङ , उम्मेदवार रोम बहादुर भण्डारी र चुनावि अभियानका संयोजक जयलाल पुन लगायतले आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण