जापानले नेपालबाट कृषि कामदार पनि लैजाने
काठमाडौं-नेपालबाट विशिष्टकृत सीप भएका कामदार लैजान शुरु गरेको जापानले अब कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने भएको छ ।
जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडा नेतृत्वको प्रतिनिधिमण्डलले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग गरेको भेटमा जापानी पक्षले कृषि क्षेत्रमा पनि कामदारको आवश्यकता रहेकाले नेपाली कामदार लैजान सकिने बताएको हो ।
भेटमा कृषि क्षेत्रमा जापानलाई चाहिने कामदार लैजाने सम्बन्धमा भाषा र सीप परीक्षा छिट्टै सञ्चालन गर्ने विषयमा समेत छलफल भएको श्रम मन्त्रालयले जनाएको छ । नेपाल र जापान सरकारबीच सम्पन्न समझदारीमा जापानले कृषिलगायत १४ क्षेत्रमा नेपाली कामदार लैजान सक्ने व्यवस्था रहेको छ । सो क्रममा मन्त्री विष्टले हाल चलिरहेको ‘नर्सिङ केयर गिभर’ मा कामदार लैजाने प्रक्रियालाई थप चुस्त एवं गुणस्तरीय र विश्वसनीय बनाउन अनुरोध गरेका थिए ।
भेटमा उपमहानिर्देशक नाकाडाले नेपालबाट कृषि, मत्स्यपालन एवं ‘फुड सर्भिस’सँग सम्बन्धित क्षेत्रमा नेपाली कामदार लैजान इच्छुक रहेको बताएका थिए । नेपाली कामदारलाई आवश्यक सीप, तालीम प्रदान गर्न जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) मार्फत सहकार्य गर्न सकिने उनको भनाइ थियो ।
प्रतिनिधिमण्डलमा सहभागी नेपालका लागि जापानका राजदूत मासामिची साइगोले नेपालबाट कृषि कामदार लैजान तत्काल अध्ययन अनुसन्धान शुरु गर्ने बताए । उनले नेपाल र जापानबीच भएको श्रम समझदारीअनुसार क्रमिकरुपमा कामदारको सीप परीक्षण गरी थप कामदार लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण