शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

शनिबार, ०९ साउन २०८३, २१ : ५०
शनिबार, ०९ साउन २०८३

चितवन । चितवनमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका–६ का ३५ वर्षीय मनोज पराजुली रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पराजुलीको उपचारका क्रममा चितवन मेडिकल कलेज (सिएमसी) मा मृत्यु भएको हो। शुक्रबार दिउँसो ३:३० बजे भरतपुर महानगरपालिका–३ पुल्चोकमा गैँडाकोटबाट आउँदै गरेको ग १ क ४८८१ नम्बरको टिपरले पैदल हिँडिरहेका पराजुलीलाई ठक्कर दिएको थियो।

उपचारका क्रममा आज उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने टिपर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप