नेकपा मोरङको एकता भेला, ७९९ सदस्यीय जिल्ला कमिटी गठन
शनिबार, ०९ साउन २०८३, २१ : २२
विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मोरङको एकता भेला तथा विस्तारित बैठक विराटनगरमा भएको छ । भेलाले ७९९ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ। नवनिर्वाचित जिल्ला कमिटीका सदस्यहरूलाई नेकपाका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज कमरेड राजेन्द्र कुमार राईले पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए ।
कार्यक्रममा कोशी प्रदेश इन्चार्ज राईसँगै प्रदेश सह–इन्चार्ज साबित्री काफ्ले, प्रदेश संयोजक हर्क नेम्वाङ (मिक्सो) लगायतका पार्टीका केन्द्रीय तथा प्रदेश स्तरका नेताहरूको उपस्थिति थियो।
भेलामा इन्चार्ज राईले पार्टी एकताको सन्देश दिँदै जिल्ला कमिटीले आगामी दिनमा सङ्गठन विस्तार र जनताका समस्या समाधानमा केन्द्रित भएर काम गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा उपस्थित नेताहरूले नयाँ कमिटीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण