कर्णाली प्रदेश
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
शनिबार, ०९ साउन २०८३, २२ : १५
सारांश
- कर्णाली प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि मंगलबार बेलुका ५ बजेसम्म दावी पेस गर्न आह्वान गरिएको छ ।
- प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उक्त आह्वान गरेका हुन् ।
- मुख्यमन्त्री यामलाल कँडेलले शनिबार आफ्नो पदबाट राजीनामा दिएका थिए ।
सुर्खेत । कर्णाली प्रदेशमा मंगलबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेस गर्न आह्वान गरिएको छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई साउन १२ गते साँझ ५ः०० बजे भित्र मुख्यमन्त्री पदको लागी दावी पेस गर्न आह्वान गरिएको हो ।
प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उक्त आह्वान गरेका हुन् । शनिबार मुख्यमन्त्री यामलाल कँडेलले दिएको राजीनामा पनि स्वीकृत भएको छ ।
कँडेलले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम प्रदेश सभामा सम्बोधन गर्दै राजीनामा दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
-
श्रेयस अय्यरको कप्तानीमा भारतले जित्यो पहिलो सिरिज, जिम्बावे दोस्रो खेलमा ९० रनले पराजित
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण