विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
सारांश
- विद्यार्थीलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा मोरङ प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ।
- गत साउन ६ गते बिहान विद्यालयमै ती विद्यार्थीमाथि कुटपिट भएको थियो।
- पक्राउ परेका शिक्षकलाई इलाका प्रहरी कार्यालय पथरीमा राखी थप अनुसन्धान भइरहेको छ।
विराटनगर । विद्यार्थीलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा मोरङ प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ।
मोरङको पथरीशनिश्चरे नगरपालिका–५ स्कुलचोकस्थित श्री अमरसिंह माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई कुटपिट गरेको उजुरीका आधारमा झापाको गौरादह नगरपालिका–४ बस्ने ३८ वर्षीय शिक्षक प्रकाश अधिकारी पक्राउ परेका हुन्।
गत साउन ६ गते बिहान अन्दाजी १०:१५ बजेको समयमा विद्यालयमै ती विद्यार्थीमाथि कुटपिट भएको थियो। कुटपिटबाट विद्यार्थी घाइते भएपछि परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय पथरी र अस्थायी प्रहरी पोस्ट हसन्दहबाट खटिएको प्रहरी टोलीले शिक्षक अधिकारीलाई साउन ९ गते पक्राउ गरेको हो।
पक्राउ परेका शिक्षकलाई इलाका प्रहरी कार्यालय पथरीमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण