प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
सारांश
- भाजपा नेता प्रल्हाद जोशीलाई भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी सुम्पिएको छ।
- यो जिम्मेवारी भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले निट परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणमा राजीनामा दिएपछि आएको हो।
- नयाँ जिम्मेवारी पाएका जोशी कर्नाटकका वरिष्ठ भाजपा नेता हुन् र हाल उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण र नयाँ तथा नवीकरणीय ऊर्जा मन्त्री पनि छन्।
काठमाडौँ । भाजपा नेता प्रल्हाद जोशीले शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी पाएका छन् । निट परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणमा दोषी ठहर गर्दै ‘कक्रोच जनता पार्टी’ को आह्वानमा जन्तर–मन्तरमा विगत ३६ दिनदेखि धर्ना तथा आन्दोलन चलिरहेका बेला भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले शनिबार राजीनामा दिएपछि जोशीलाई यो नयाँ जिम्मेवारी सुम्पिएको हो ।
नयाँ जिम्मेवारी पाएका ६४ वर्षीय जोशी दक्षिण भारतीय राज्य कर्नाटकका वरिष्ठ भाजपा नेता हुन् । उनलाई भाजपाका अनुभवी सांसदका रूपमा लिइन्छ, जसले सन् २००४ देखि निरन्तर लोकसभामा धारवाड क्षेत्रको प्रतिनिधित्व गर्दै आएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले विगतका वर्षहरूमा जोशीलाई संसदीय मामिला, कोइला र खानी सहित धेरै महत्त्वपूर्ण मन्त्रालयहरूको जिम्मेवारी सुम्पँदै आएका छन् । हाल उनी उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण र नयाँ तथा नवीकरणीय ऊर्जा मन्त्रीका रूपमा समेत कार्यरत छन् ।
हप्तौँ लामो विद्यार्थी आन्दोलनपछि तीव्र दबाबमा परेको शिक्षा मन्त्रालयको नेतृत्व सम्हालेसँगै जोशीले आफ्नो राजनीतिक जीवनकै सबैभन्दा कठिन जिम्मेवारीमध्ये एकको सामना गर्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण