८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
चितवन। प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको छ । पहिले–पहिले टाढाटाढाबाट सुत्केरी गराउन आउने गरेकामा स्थानीयस्तरमा अस्पतालहरू खुलेपछि टाढाका बिरामीको सङ्ख्या घटे पनि स्थानीयको पहिलो रोजाइ भरतपुर अस्पताल बन्ने गरेको छ।
प्रसूति सेवामा नेपालमा नै अग्रणी अस्पतालको रूपमा भरतपुर अस्पताललाई लिने गरिन्छ । सरकारी अस्पताल भएर सुत्केरी गराउन आउनेले विशेषज्ञ चिकित्सक र अनुभवी नर्सिङ सेवाका कारण सकेसम्म अधिकांशले भरतपुर अस्पतालमा शिशु जन्माउन चाहन्छन्। अस्पतालका प्रवक्ता एवं वरिष्ठ प्रसूति रोग बिशेषज्ञ सह प्रध्यापक डा. रामप्रसाद सापकोटा गत आर्थिक वर्षमा सात हजार ८५३ जना महिलाले अस्पतालबाट प्रसूति सेवा लिएको बताउँछन्।
उनका अनुसार तीमध्ये चार हजार २३५ जनाको सामान्यस्तरबाट शिशुलाई जन्म दिइएको छ भने तीन हजार ५४० जनाको शल्यक्रिया गरेर शिशुलाई जन्म दिइएको छ । ७० जनाको भ्याकुम र फोर्सएप नामक उपकरण प्रयोग गरेर शिशुलाई जन्म दिइएको छ।
अघिल्लो आर्थिक वर्षमा आठ हजार ४२० जना आमाले भरतपुर अस्पतालमा प्रसूति सेवा लिएका थिए । तीमध्ये तीन हजार ८२५ जनाको शल्यक्रिया गरेर शिशुलाई जन्म दिइएको हो भने चार हजार ४०८ जनाको सामान्य तरिकाले शिशुलाई जन्म दिइएको छ।
१८७ जना आमाको उपकरण प्रयोग गरी शिशुलाई जन्म दिइएको हो। गत वर्ष ४५ प्रतिशतको शल्यक्रिया गर्नुपरेको थियो भने अघिल्लो आर्थिक वर्षमा यो प्रतिशत ४५ दशमलव ४ रहेको थियो । जटिल प्रकृतिका धेरै हुने भएकाले शल्यक्रियाको प्रतिशत अस्पतालमा बढी हुने गरेको उनको भनाइ छ।
अस्पतालमा १० जना विशेषज्ञ चिकित्सक र २९ जना नर्सिङ सेवाका तालिम प्राप्त कर्मचारी रहेका छन्। जसका कारण सुत्केरी गराउनेलाई अन्यत्रभन्दा सहज हुने गरेको उनको भनाइ छ । अस्पतालमा नै २० शय्याको बाल सघन उपचार कक्ष र चार शय्याको कङ्गारु मदर केयरसमेत रहेको छ ।
अस्पतालमा दक्ष नर्स र मिड वाइफले मात्र बच्चा निकाल्न सहयोग गर्ने पाँच शय्याको बर्थिङ युनिटसमेत छ। प्रसूति सेवामा यस अस्पताललाई प्रसूति गृहपछिको व्यवस्थित र विश्वासिलो रूपमा लिने गरिन्छ।
विगतका वर्षका तुलनामा पछिल्ला वर्षहरूमा सेवा ग्राहीहरूको सङ्ख्या क्रमश घट्दो छ। यसको कारण नवलपरासी, गोरखा, तनहुँ र मकवानपुर जस्ता धेरै बिरामी आउने गरेका जिल्लामा अस्पतालबाट दिइने सेवामा विस्तार गरि प्रसूति सेवा दिन थालिएको सापकोटा बताउँछन्। प्रसूति सेवालाई अस्पतालले उच्च प्राथमिकता दिएर जिल्लामा नै सेवा दिन थालेपछि बाहिरी जिल्लाका बिरामी घटेको उनको भनाइ छ।
जटिल अवस्थामा भएका भने रिफरल भएर र स्वयं भरतपुर अस्पताल आउने गर्दछन्। अस्पतालमा बाल सघन उपचार कक्षको शय्या धेरै भएकाले जटिल समस्या देखिन सक्ने गर्भवतीलाई भरतपुर अस्पताल पठाउने गरिन्छ । त्यस्ता गर्भवतीको सङ्ख्या भने बढ्दो रहेको उनी बताउँछन्।
भरतपुर अस्पताल सङ्घीय अस्पताल हो। यो अस्पतालमा टाढाटाढाबाट बिरामी आउने गरेका छन्। हिजोआज दैनिक तीन हजारभन्दा बढी बिरामीले अस्पतालबाट बहिरङ्ग सेवा लिँदै आएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण