भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
सारांश
- ट्राफिक प्रहरीले सामाजिक सञ्जालमा भाइरल भएको बालबालिकाको भिडियोको शैलीलाई अपनाएर सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक सामग्री तयार गरेको छ।
- यो सामग्रीमा ट्राफिक नियम पालना, सुरक्षित सवारी सञ्चालन र दुर्घटना न्यूनीकरणका सन्देशहरू समावेश गरिएका छन्।
- छोटो, रोचक र प्रभावकारी शैलीमा तयार पारिएको यो भिडियोले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको ध्यान आकर्षित गरिरहेको छ।
काठमाडौँ। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोलाई सिर्जनात्मक रूपमा प्रयोग गर्दै ट्राफिक प्रहरीले सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक सामग्री तयार गरेको छ।
हाल फेसबुक र अन्य सामाजिक सञ्जालमा चर्चित बनेको बालबालिकाको भिडियोको प्रस्तुति शैलीलाई अपनाएर तयार गरिएको उक्त सामग्रीमा ट्राफिक नियम पालना, सुरक्षित सवारी सञ्चालन तथा दुर्घटना न्यूनीकरणका सन्देश समेटिएका छन्।
छोटो, रोचक र प्रभावकारी शैलीका कारण भिडियोले सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान आकर्षित गरिरहेको छ।
पानी परिरहेका बेला रेनकोट ओढेर विद्यालय जाँदै गरेका मनजीता पुन, सियाँ घर्ती र मनजीता घर्ती अहिले सामाजिक सञ्जाल फेसबुकमा भाइरल भइरहेका छन्। उनीहरूमध्ये दुई जना एकै घरका हुन् भने एक जना छिमेकी हुन् ।
ती बालिकाहरू रोल्पाको रुन्टीगढी गाउँपालिका–४, तोलबाङका हुन्। फरक–फरक रङ्गका प्लास्टिक ओढेर आफ्नै तालमा हिँडिरहेका बालिकाहरूको दृश्य निकै आकर्षक छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
-
नयाँ सिक्काको डिजाइन भाइरल, के भन्छ राष्ट्र बैंक ?
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण