शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
राजनीति

प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति

मधेस र गण्डकीमा भने नेपाली कांग्रेससँग थप छलफल गरिने
शनिबार, ०९ साउन २०८३, १७ : ४०
शनिबार, ०९ साउन २०८३

सारांश

  • प्रदेश सरकार गठनका लागि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच गठबन्धन गर्ने सहमति भएको छ ।
  • दुई पार्टीबीच ५ प्रदेशमा सरकार गठनका लागि गठबन्धन गर्ने सहमति भएको छ ।
  • सहमतिमा हस्ताक्षरको तयारी गरिएको छ ।

काठमाडौँ। प्रदेश सरकार गठनका लागि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बिच सहमति भएकाे छ।

दुई पार्टीबिच ५ प्रदेशमा सरकार गठनका लागि गठबन्धन गर्ने सहमति बनेको हो।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेकपाका संयोजक पुष्पकमल दाहालका साथै सह–संयोजक माधव नेपालबिच शनिबार भएको छलफलमा प्रदेश सरकार गठनबारे सहमति जुटेको स्रोतको भनाइ छ। 

सहमति अनुसार नेकपाले सुदूरपश्चिम र कर्णाली प्रदेशमा सरकारको नेतृत्व गर्ने तथा नेकपा एमालेले कोशी, बागमती र लुम्बिनी प्रदेशमा सरकार गठन गर्ने सहमति बनेको बताइएको छ। मधेस र गण्डकी प्रदेशबारे भने नेपाली कांग्रेससँग थप छलफल गरिने भएको छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप