दाउन्नेमा ट्रक दुर्घटना, केही मानिस च्यापिएको आशंका
काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पश्चिम, दाउन्नेमा ट्रक दुर्घटना भएको छ । ट्रकमा सवार केही मानिस च्यापिएका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिमका अनुसार पूर्वबाट फलामका पाइप लिएर पश्चिमतर्फ जाँदै गरेको ना४ख ४५०४ नम्बरको ट्रक सडकबाट करिब २५ मिटर तल खसेको हो । बिहान साढे ४ बजे उक्त ट्रक खसेको भए पनि अप्ठ्यारो स्थान भएका कारण उद्धारमा ढिलाइ भएको प्रहरीको भनाइ छ ।
‘दुर्घटनाको खबर पाएलगत्तै क्रेनको सहायताले उद्धारका लागि प्रयास ग¥यौं,’ उद्धारमा संलग्न एक प्रहरीले रातोपाटीलाई भने, ‘ट्रक तान्नका लागि क्रेनमा प्रयोग भएको साङ्ला नै चुँडियो, हामी फेरि तान्ने प्रयास गरिरहेका छौं ।’
ट्रकमा कति मानिस छन् र उनीहरुको अवस्था के छ भन्नेसमेत खुल्न नसकेको उनले बताए । ‘ट्रकको अगाडिको भाग अप्ठ्यारो ठाउँमा छ,’ उनले भने, ‘एउटा मान्छे च्यापिएको देखिएको छ, भित्र अरु कति छन् भन्ने थाहा हुन सकेको छैन ।’
उद्धार कार्य जारी रहेकाले दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
-
नेकपाले भन्यो– सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले देश बन्दैन
-
बजेट विवाद चर्किएपछि मुख्यमन्त्री शाहद्वारा एमालेका चार मन्त्री बर्खास्त
-
कांग्रेसले संसद्मा भन्यो– सरकारका कारण युवाहरूको आशा निराशामा परिणत भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण