सांसद श्रेष्ठको प्रधानमन्त्रीलाई प्रश्न : भारतले मागे के दिनुहुन्छ ?
सारांश
- नेकपा एमालेका सांसद गङ्गा श्रेष्ठले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भारतले मिचेको भूमि फिर्ता मागेमा कुन भूमि दिनुहुन्छ भनी प्रश्न गरेकी छन् ।
- सांसद श्रेष्ठले सीमाका जङ्गे पिलर सर्दा नागरिकको नागरिकता परिवर्तन हुने अवस्था आउँदा पनि सरकार मौन बसेको आरोप लगाइन् ।
- उनले देशको सीमा रक्षामा सेना परिचालन नहुनु र राष्ट्रियता गुम्न नदिन सरकारको ध्यानाकर्षण गराइन् ।
काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले जेठ १७ गते दिएको अभिव्यक्ति आपत्ति जनक भएको भन्दै भारतले नेपालले मिचेको भूमि फिर्ता माग्यो भने कुन भूमि दिनुहुन्छ भनेर प्रश्न गरेको छ । बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गङ्गा श्रेष्ठले कि कालापानी, लिपुलेक र लिम्पियाधुराको नेपाली जमिनको दाबी छाडेको हो भन्दै यस्तो बताएकी हुन् ।
उनले सीमाको जङ्गे पिलर खिइँदै वरवर सर्दा त्यहाँका नागरिक बेलुका सुत्दा नेपाली र बिहान उठ्दा भारतीय हुँदा कसरी बसेका होलान् भनेर सरकारलाई प्रश्न गरिन् । उनले देशको सीमा रक्षा जोगाउन नजाने सेना के का लागि हो सरकार भन्दै नेपालीको भूमि र राष्ट्रियता गुम्न नदिने बताइन् ।
उनले गाडी तेर्स्याएर सरकारले नाटकमा रमाएको तथा नागरिक चिन्तित भएको रास्वपाले चुनावअघि गरेका वाचा र प्रतिबद्धता सरकार बनेपछि पुरा नगरेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण