नेकपाले भन्यो– सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले देश बन्दैन
सारांश
- नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले देश नबन्ने भन्दै राज्यका संयन्त्र र संस्थाहरूलाई बलियो बनाउनुपर्ने बताएका छन् ।
- सांसद शाहीले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमाका विषयमा दिएको अभिव्यक्तिका सन्दर्भमा सरकारले संसद्मा स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेका छन् ।
- उनले लोकतन्त्रमा व्यक्ति अस्थायी र राज्यका संस्थाहरू स्थायी हुने भएकाले व्यक्तिभन्दा संस्था बलियो हुनुपर्नेमा जोड दिएका छन् ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले देश नबन्ने भन्दै राज्यका संयन्त्र र संस्थाहरूलाई बलियो बनाउनुपर्ने बताएको छ । प्रतिनिधिसभाको बुधवारको बैठकमा धारणा राख्दै पार्टीका सांसद महेन्द्रबहादुर शाहीले राजनीतिक दल र नेतृत्वले क्षणिक प्रचारबाजीभन्दा जनताका वास्तविक र दीर्घकालीन आवश्यकता पूरा गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए ।
सांसद शाहीले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमाका विषयमा दिएको अभिव्यक्तिका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराए । राष्ट्रिय हित र सार्वभौमिकतासँग जोडिएका यस्ता गम्भीर विषयमा सरकार संसद्मा मौन बस्न नमिल्ने भन्दै उनले यसबारे स्पष्ट धारणा सार्वजनिक गर्न माग गरे । सरकारले यस विषयमा स्पष्ट नपारेसम्म प्रतिपक्षको तर्फबाट विरोध जारी रहने उनले स्पष्ट पारे ।
बैठकमा बोल्दै सांसद शाहीले नेपाली राजनीतिको मूल मुद्दा विकास र समृद्धि हुनुपर्नेमा अचेल सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधि हाबी भएको बताए । ‘जनताले भौतिक पूर्वाधार विकास, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय खोजेका छन्,’ उनले भने, ‘तर आज हाम्रा मूल मुद्दाहरू ओझेलमा परेर सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिमा ध्यान केन्द्रित भएको छ। यस्ता गतिविधिले देश बन्दैन, बरु बर्बादीको दिशामा लैजान्छ।’
उनले सरकारले काम गरेर जवाफ दिनुपर्नेमा प्रचारबाजी, फन्डा र काँचो काम गरिरहेको आरोप लगाए । यसले जनतामा सरकारप्रति आशा होइन, अविश्वास मात्र पैदा गरिरहेको उनको भनाइ थियो।
सांसद शाहीले लोकतन्त्रमा व्यक्ति अस्थायी र राज्यका संस्थाहरू स्थायी हुने बताए । ‘पाँच वर्षका लागि चुनिएर आउने व्यक्ति अस्थायी हो, तर राज्य र यसका संस्थाहरू स्थायी हुन्,’ उनले भने, ‘त्यसैले व्यक्ति होइन, संस्था बलियो हुनुपर्छ। राज्य संयन्त्र कमजोर पारेर व्यक्ति बलियो बन्ने र नागरिकमा डर९त्रास सिर्जना गर्ने शैलीले लोकतन्त्र बलियो हुँदैन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण