जनकपुरमा लाग्यो ‘गो ब्याक इण्डिया’ को नारा
बुधबार, २७ कात्तिक २०७६, १८ : ०३
जनकपुर– सत्तारुढ नेकपाको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ धनुषाले भारतले सार्वजनिक गरेको नयाँ नक्सा विरोध गर्दै प्रदर्शन गरेको छ । बुधबार जनकपुरमा सो संगठनले विरोध प्रदर्शन गरेको हो । ‘गो ब्याक इण्डिया’, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो’ लगायतका नारा लेखिएको ब्यानरसहित युवा संघका नेता कार्यकर्ताहरुले जनकपुर नगरको परिक्रमा गरेका थिए ।
र्यालीमा सहभागीहरुले भारतको ज्यादती र थिचोमिचो सहेर बस्न नसक्ने चेतावनी समेत दिए । प्रदर्शनकारीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध नारा समेत लगाएका थिए । विरोधमा उत्रिएका युवाहरुले पश्चिम नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको अतिक्रमित क्षेत्र फिर्ता गर्न माग गरेका छन् ।
प्रदर्शनकारीहरुले जनकपुर नगर परिक्रमा गरि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण