मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा लाग्यो ‘गो ब्याक इण्डिया’ को नारा

बुधबार, २७ कात्तिक २०७६, १८ : ०३
बुधबार, २७ कात्तिक २०७६

जनकपुर– सत्तारुढ नेकपाको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ धनुषाले भारतले सार्वजनिक गरेको नयाँ नक्सा विरोध गर्दै प्रदर्शन गरेको छ । बुधबार जनकपुरमा सो संगठनले विरोध प्रदर्शन गरेको हो ।  ‘गो ब्याक इण्डिया’, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो’ लगायतका नारा लेखिएको ब्यानरसहित युवा संघका नेता कार्यकर्ताहरुले जनकपुर नगरको परिक्रमा गरेका थिए ।

र्‍यालीमा सहभागीहरुले भारतको ज्यादती र थिचोमिचो सहेर बस्न नसक्ने चेतावनी समेत दिए । प्रदर्शनकारीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध नारा समेत लगाएका थिए । विरोधमा उत्रिएका युवाहरुले पश्चिम नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको अतिक्रमित क्षेत्र फिर्ता गर्न माग गरेका छन् ।

प्रदर्शनकारीहरुले जनकपुर नगर परिक्रमा गरि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप