निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष
काठमाडौं । निजामती कर्मचारीको अनिवार्य अवकाशका लागि उमेरहद बढाइएको छ । यसअघि ५८ वर्ष उमेर पुगेपछि अनिवार्य अवकाशको व्यवस्था थियो । अनिवार्य अवकाशको उमेर हद दुई वर्ष बढाउँदै ६० वर्ष पु-याइएको हो ।
बिहीबार सिंहदरवारमा बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हदबारे सहमति जुटेको हो । संघीय निजामती सेवा विधेयकमाथिको दफावार छलफलमा कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष राख्न सदस्यहरु सहमत भएका हुन् ।
२०२१ सालपछि जन्म भएका सबै कर्मचारीको हकमा अनिवार्य अवकाशको उमेर हद ६० वर्ष राख्नेमा सहमति भएको हो ।
बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भने कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६५ वर्ष राख्न प्रस्ताव गरेका थिए ।
न्यायाधीश, प्राध्यापक, संवैधानिक निकायका अधिकारीहरुको अवकाश ६५ वर्षमा हुने, कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष राख्नु उचित नहुने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बुढानीलकण्ठबाट सिक्री लुटेर भागेका युवक पक्राउ
-
राष्ट्रपतिको मृत्युपछि इरानमा अब के होला ?
-
कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक
-
चीनमा चक्कु प्रहारको घटना बढ्दो, प्राथमिक विद्यालयका पाँच जना घाइते
-
गतिरोध लम्बिनुमा सरकार जबाफदेही छ : अध्यक्ष केसी
-
वैदेशिक व्यापारतर्फका सबैजसो सूचक ऋणात्मक