मन्त्री सोनल फोनबाटै बने कार्यवाहक मुख्यमन्त्री
बिहीबार, २८ कात्तिक २०७६, २० : ०८
जनकपुर । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत अमेरिका भ्रमणमा गएपछि भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल कार्यवाहक मुख्यमन्त्री जिम्मेवारी सम्हालेका छन् । मुख्यमन्त्री लालबाबु राउतले सोनललाई अमेरिका उडान पूर्व फोन सम्पर्क गर्दै कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएको प्रदेश नम्बर २ का प्रमुख सचिव दीपक सुवेदीले जानकारी दिए ।
‘वरिष्ठताको हिसाबले मुख्यमन्त्री बाहिर गएको बेला स्वतः उहाँपछिको मन्त्री कार्यवाहक मुख्यमन्त्री हुने प्रावधान छ’ प्रमुख सुवेदीले भने ,‘वरिष्ठतामा पनि मुख्यमन्त्रीपछि मन्त्री सोनल पर्नुहुन्छ र उहाँलाई मुख्यमन्त्रीजीले फोन गरेर कार्यवाहकको जिम्मेवारी दिनुभएको छ ।’
मुख्यमन्त्री राउत बुधबार एन्टाको कार्यक्रममा सहभागी अमेरिका गएका हुन् । मुख्यमन्त्री बनेको लामो समयपछि राउत पहिलो पटक विदेश भ्रमणमा गएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण