कास्की उपनिर्वाचन : पौडेलसँग मतदाताले भने – बाँदरको समस्या समाधान गर्नेलाई भोट
पोखरा । पोखरा महानगरपालिका–२० भलामका मतदाताले बाँदरको समस्या समाधान गरिदिन आग्रह गरेका छन् । नेपाली काङ्ग्रेसद्वारा विहीबार यहाँ आयोजित घरदैलोका क्रममा स्थानीयवासीले बाँदरले खेती सखाप पारेकाले उचित राहतका लागि पहल गरिदिन उम्मेदवारसँग आग्रह गरेका थिए ।
भलाम र डाँडाखोरका झण्डै ३०० घरमा घरदैलो गरेका काङ्गेस उम्मेदवार खेमराज पौडेलले धान काट्दै गरेका कृषकसँग पनि भेट गरी मत मागे । धान थन्क्याउने चटारोका कारण काममा नै व्यस्त देखिएका भलाम खोर र शेराखेतका कृषकले बाँदरको समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
आफूहरूले बाँदरको समस्या धेरै ठाउँमा सुनाए पनि समाधानका लागि कसैले पहल नगरेको उनीहरुको गुनासो थियो ।
काङ्ग्रेसको दोस्रो चरणको कार्यक्रमअन्तर्गत पोखरा–२० भलाममा घरदैलो कार्यक्रम गरेको कास्की काङ्ग्रेसका सभापति एवं चुनाव प्रचारप्रसार समितिका संयोजक कृष्ण केसीले जानकारी दिए।
्
पार्टीले पोखरा महानगरपालिकाका वडा नं ७, ९, ११, १६, ३३ लगायतका वडामा निर्वाचन लक्षित कार्यक्रम गरिरहेको उनले बताए ।
कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण