ओलिभर जिरुले निर्णायक गोल गरेपछि जोगियो फ्रान्स
ओलिभर गिरोडले निर्णायक गोल गरेपछि युरोकप छनोटमा फ्रान्सले मोल्डोभामाथि कठिन जित निकालेको छ । पेरिसमा बिहीबार राति भएको खेलमा फ्रान्सले माल्डोलाई २–१ गोलले हरायो ।
घरेलु टोलीविरुद्ध मोल्डोभाले खेलको नवौं मिनेटमै अग्रता लिएको थियो । मोल्डोभोका भादिम राताले सुरुवाती गोल गरे । त्यसपछि जोसिएको फ्रान्सले ३५औं मिनेटमा बराबरी गोल फर्कायो । राफेल भरानेले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ७९औं मिनेटमा ओलिभर गिरोडले पेनाल्टीमा निर्णायक गोल गर्दै फ्रान्सलाई जित दिलाए । जितसँगै समूह ‘एच’ मा रहेको फ्रान्सले नौ खेलबाट २२ अंक बनाएको छ ।
फ्रान्स शीर्ष स्थानमा छ । तीन अंक बनाएको मोल्डोभा समूहको अन्तिममा छ । यही समहको अर्को खेलमा टर्की र आईसल्यान्डले गोल रहित बराबरी खेल्दै अंक बाँडे । अर्को खेलमा अल्वानिया र एन्डोराले पनि २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीसँगै २० अंक बनाएको टर्की दोस्रो स्थानमा छ । १६ अंक बनाएको आईसल्यान्ड तेस्रो, १३ अंक बनाएको अल्वानिया चौथो र चार अंक बनाएको एन्डोरा पाँचौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण