भारतबाट चोरी गरेर ल्याएको गाडीसहित कलङ्कीबाट दुई जना पक्राउ
चोरीको गाडीसहित प्रहरीले कलङ्कीबाट दुई जनालाई पक्राउ गरेको छ । भारतबाट चोरी गरेर ल्याइएको गाडीसहित काठमाडौँ तारकेश्वर नगरपालिकास्थित गोलढुङ्गा बस्ने गोरखाका मुकुन्दप्रसाद पुडासैनी र सुर्खेतका दीपक बुढा पक्राउ परेको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिए ।
उनीहरुबाट बा२१च ८७१४ र बा१८च ३१३८ नंको स्कर्पियो तथा बा११च ९७९४ नंको निजी कार बरामद गरिएको छ । उनीहरुले काठमाडौँ नयाँबजारस्थित आदित्य ट्रान्सपोर्ट सञ्चालन गर्दै आएको अनुसन्धानमा खुलेको छ । उक्त ट्रान्सपोर्टले चोरीको गाडी प्रयोग गर्ने गरेको भन्ने सूचनाको आधारमा कालिमाटीबाट खटिएको टोलीले गएराति गाडीसहित उनलाई पक्राउ गरेको हो ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप कारवाहीका लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाइने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण