शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

आलमलाई मध्यराती काठमाडौँ ल्याइयो

शनिबार, ३० कात्तिक २०७६, ०९ : २२
शनिबार, ३० कात्तिक २०७६

काठमाडौँ ।  रौतहट जिल्ला अदालतले नेपाली कांग्रेसका नेता मोहम्द अफताब आलमलाई पुर्पक्षका लागि थुनामा पठाएलगत्तै रातारात काठमाडौँ ल्याइएको छ । आलमलाई ललितपुरस्थित नख्खु कारागार ल्याइएको हो ।

१२ वर्षअघि बम बनाउँदा विस्फोट भएर घाइतेलाई इटाभट्टामा हालेको आरोपमा पक्राउ परेका आलमलाई शुक्रबार अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । 

आलमलाई जिल्लामा राख्न सुरक्षा जोखिम भएकाले रौतहटको गौरबाट शनिबार विहान ४ बजे नख्खु कारागार ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटले पुष्टि गरेको छ । 

अदालतको आदेशमा उल्लेख भएअनुसार सुरक्षाको दृष्टिकोणले उनलाई त्यहाँ राख्नु उपयुक्त नभएमा अन्य कारागारमा स्थान्तरण गर्न सकिनेछ । 

अदालतको आदेशपछि उनलाई गाडीमा हालेर राति एक बजेतिर नख्खु कारागारमा ल्याइएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप