के ट्वींकलकी आमा डिम्पल साँच्चै आइसियूमा छिन् ? यस्तो छ वास्तविकता
लता मंगेशकर पछि बलिउड अभिनेत्री डिम्पल कपाडिया अस्पतालमा भर्ना भएको खबर सोसल मिडियामा आउन थालेको छ । तर यो पूर्ण रुपमा गलत हो । वास्तवमा डिम्पलकी आमा बेट्टी कपाडियालाई मुम्बईको उपनगरीय खार इलाकामा रहेको हिन्दुजा अस्पतालमा भर्ना गरिएको छ । भारतीय मिडियाले स्रोतको हवाला दिँदै यस्तो भनेको छ ।
अस्पताल स्रोतले कुनै विस्तृत जानकारी निदइकनै भनेको छ, ‘उनलाई १४ नोभेम्बरमा अस्पताल भर्ना गरिएको थियो । उनी आइसियूमा छिन् ।’
तर डिम्पल आफैं अस्पतालको आइसियूमा भएको खबर फैलन थाल्यो । डिम्पलकी छोरी ट्वींकल र ज्वाईं अक्षय कुमार अस्पताल बाहिर देखिएकाले पनि उक्त अफवाह फैलिएको थियो ।
सोसल मिडियाको फैलिएको उक्त अफवाह डिम्पलसम्म पुग्यो । त्यसपछि डिम्पलले आफ्नो बयान जारी गर्दै आफू जिउँदो भएको र किक हानिरहेको बताएकी छिन् । डिम्पल कपाडिया हलिउड निर्देशक क्रिस्टोफर नलनको फिल्म ‘टेनेट’ मा देखिने भएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण