नेविसंघका २१ नेता कार्यकर्ता पक्राउ
सोमबार, ०२ मङ्सिर २०७६, १८ : ०५
काठमाडौँ । भारत र चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै राजधानीको बालाजु क्षेत्रमा प्रदर्शन गर्ने काँग्रेसको भ्रातृ संगठन नेविसंघका २१ नेता कार्यकर्ता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट, निरञ्जन थापा, ईश्वर अधिकारी, सुवास घिमिरे, विजय ढुंगाना, सुल्तान मियाँ, किरण भट्टराई, सन्तोष गुरुङ, पवन थापा, प्रदीपजंग शाहलगायतका नेता कार्यकर्ता रहेका छन् ।
भारत र चीनले नेपाली भूमि कब्जा गरेको र सो भूमि तत्काल फिर्ता गर्न माग गर्दै सोमबार साँझ बालाजु–बाइपासबाट निकालिएको राँके जुलुस माछापोखरीमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
उनीहरुले माछापोखरीमा कोणसभा गर्ने तयारी गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त बालाजुमा राखिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण