के गर्भवती भएकाले यी नायिकाले लिनुपर्यो हतारमा विवाहको निर्णय ? (तस्बिरहरु)
स्टाइल (सन् २००१), शादी नम्बर १ (सन् २००५) र पेइंग गेस्ट (सन् २००९) जस्तो फिल्मकी नायिका रिया सेनको विवाहका केही फोटो सार्वजनिक भएका छन् । फोटो हेर्दा यो अन्दाज लगाउन सकिन्छ छ उनको विवाह बंगाली शैलीमा भएको छ । भारतका केही मिडियाले रिया गर्भवती भएको दाबी गरिरहेका छन् । यसैकारण उनले हतार हतारमा विवाहको निर्णय लिएको बताइएको छ । यद्यपी, यसको कुनै आधिकारिक पुष्टि भने भएको छैन ।
बुधबार भयो विवाहः
रियाका नजिकको स्रोतले एक पत्रिकालाई दिएको जानकारी अनुसार विवाह बुधबार पुणेमा भएको हो जहाँ दुबै पक्षका केही परिवारका सदस्य र निकै नजिकका साथी उपस्थित थिए ।
रियाका श्रीमान् शिवम तिवारी फोटोग्राफर हुन् । उनी धेरैजसो ट्राभल ट्रिप र डेस्टिनेशन्सका फोटो सोसल मिडियामा सेयर गर्दछन् । पछिल्ला केही वर्षदेखि यी दुई डेट गरिरहेका थिए ।
अन्तिम पटक ‘डार्क चकलेट’ मा देखिइन् रियाः
रिया एकता कपूरको वेब सिरिज ‘रागिनी एमएमएस २.२’ का कारण चर्चामा छिन् । ठूलो पर्दामा उनलाई अन्तिम पटक फिल्म ‘डार्क चकलेट’ मा देखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण