उपनिर्वाचन २०७६: डोटीमा घरदैलोमा व्यस्त छन् उम्मेदवार
डोटी– आदर्श गाउँपालिका–२ मा वडाध्यक्ष पदको उपनिर्वाचनका लागि यतिबेला चुनावी सारगर्मी बढेको छ । आफ्ना उम्मेदवारका लागि राजनीतिक दलका नेता भोट माग्न गाउँ पसेका छन् ।
मङ्सिर १४ गते हुने वडाध्यक्षको निर्वाचनका लागि गत कात्तिक २७ गते मनोनयत दर्ता गराएका सबै उम्मेदवार यतिबेला मतदाता रिझाउन घरदैलो अभियानमा जुटेका छन् । उनीहरु खानेपानी, शिक्षा, स्वास्थ्य र सडकका लागि विषेश पहल गर्ने भन्दै स्थानीयवासीलाई रिझाउन थालेको बाझककानीका मकर खड्काले बताए । उनले भने, ‘पार्टीभन्दा पनि वडाको विकास गर्नेलाई भोट हाल्छौँ ।’
वडाध्यक्षमा भूमिसिहं खड्काले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । नेपाली काङ्ग्रेसबाट महादेव साउद, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट रामबहादुर बोहरा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काशिराम ओझाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनमा नेकपा र काङ्ग्रेस उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
आ–आफ्ना उम्मेदवारका पक्षमा मतदान गर्न नेकपा र काङ्ग्रेसका केन्द्रीय, प्रदेश, जिल्ला र स्थानीय तहका नेता भोट माग्न ब्यस्त छन् । ‘किसानका खेतबारीमै पुगेर भोट माग्न थालेका छन्’, स्थानीयवासी टेकबहादुर खड्काले भने । उक्त वडामा दुई हजार ५०० मतादाता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण