पीएसजीसँग सम्झौता लम्ब्याउन नेयमारद्वारा अस्वीकार
एजेन्सी । ब्राजिलियन सुपरस्टार नेयमारले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) सँग करार सम्झौता लम्ब्याउन अस्वीकार गरेका छन् । पीएसजीले सन् २०२५ सम्म सम्झौता लम्ब्याउन गरेको प्रस्तावलाई नेयमारले अस्वीकार गरेका हुन् ।
२७ वर्षीय नेयमारको पीएसजीसँग सन् २०२२ सम्म सम्झौता छ । उनी सन् सन् २०१७ मा बार्सिलोनाबाट दुई सय २२ मिलियन युरोमा पीएसजी पुगेका थिए । नेयमारले पछिल्लो समय पीएसजीमा त्यति नरुचाएको समाचारहरु बाहिरिरहेका छन् ।
नेयमार यसै सिजन बार्सिलोना फर्कन चाहेका थिए । तर पीएसजीले नेयमारका लागि प्रस्ताव गरेको तीन सय मिलियन युरो तिर्न बार्सिलोना तयार नदेखिएपछि उनी पीएसजीमै थन्किएका थिए ।
पछिल्लो समय नेयमार चोटले पनि सताइएका छन् । नेयमारको चोटका कारण पीएसजीले ठूला स्पर्धामा सोचेजस्तो नतिजा ल्याउन सकेको छैन । पीएसजीले नेयमारलाई च्याम्पियन्स लिग जित्ने योजनासहित भित्र्याएको थियो । नेयमारको लगातार चोटका कारण पीएसजीको त्यो सपना पूरा हुन सकेको छैन ।
यस सिजन पनि घाइते भएका नेयमार एक महिनाको विश्रामपछि मैदानमा फर्कने तयारीमा छन् । नेयमारको पूर्व क्लब बार्सिलोना फर्कने चाहना तीव्र रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण