चालकलाई नियन्त्रणमा लिएर तेलसहितको ट्याङ्कर चोरी
सिरहा । नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट विराटनगर गइरहेको सोमबार राती सिरहाको लहानबाट डिजेलसहितको ट्याङ्कर चोरी भएको छ । २० किलोलिटर डिजेल लिएर जाँदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्याङ्कर सिराहाको लहानबाट राति १२ बजे हराएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
अमलेखगन्ज डिपोबाट ल्याइरहेको डिजेल सहितको ट्याङ्कर लहान हुलाक कार्यालय अगाडी रोकी आराम राखेको अवस्थामा टाटा सुमोमा आएका अपरिचित व्यक्तिहरुको समूहले चालक र सहचालकलाई नियन्त्रणमा लिई ट्याङ्कर लगेको नेपाल ट्याङ्कर व्यवसायी महासंघका केन्द्रिय सदस्य रामसगुन यादवले जानकारी दिए ।
विराटनगर–४ का चालक रामदेव यादव र सह–चालक करिव १९ वर्षिय उमेश यादवलाई बर्दिवासको जङ्गलमा छोडेको उनले जनाए । उनलेभने, ‘चालक र सहचालक भेटिसकिएको छ, प्रहरीले बाँकी अनुसन्धानको काम गरिरहेको छ ।’ प्रहरीले पनि खोजी रहेको र महासंघले पनि खोजीकार्य जारी राखेको यादवले जनाए ।
यता जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख उपाप्रसाद चतुर्वेदीले ट्याङ्कर हराएकोले त्यसको खोजी र अनुसन्धान भइरहेको जनाए । उनले सबैकुरा अहिले नै बताउन सक्ने अवस्था नरहेको भन्दै अनुसन्धान भइरहेको सम्ममात्र भन्न सकिने जनाए ।
ट्याङ्कर सिरहा धनगढीमाई नपा–४ का उग्रचण्डि पेट्रोल पम्पका चालक राजेश गुप्ताको रहेको बताइको छ ।
अहिले नेपालको तुलनामा भारतीय बजारमा डिजेल–पेट्रोलको मूल्य बढी भएकाले त्यता लगेर बेच्ने प्रकृया बढेको बन्दै यो पनि त्यसै लगेर बेचेको अनुमान छ ।
नेपाल आयल निगमले डिलेज लोड भएको ट्याङ्कर हराएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ । निगमले प्रदेश नं १ का प्रमुख इञ्जिनीयर अशोक साहको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई सात दिनभित्र सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण