महालेखाले थाल्यो ठूला निकायमा लेखापरीक्षण
काठमाडौँ । महालेखाको परीक्षकको कार्यालयले विभिन्न मन्त्रालय र त्यस अन्र्तगतका निकायमा आर्थिक बर्ष २०७३/०७४ को लेखा परीक्षणका लागि कर्मचारी खटाएको छ । साथै नेपाल राष्ट्र बैंक, राष्ट्रिय बिमा संस्थान, राष्ट्रिय बिमा कम्पनी, खाद्य संस्थान र नागरिक उडड्यन प्राधिकरणको लेखापरीक्षण कार्य सम्पन्न भएको जनाएको छ ।
आर्थिक वर्ष २०७३/०७४ को अन्तिम लेखापरिक्षण कार्य अन्र्तगत साउन ३० गतेबाट पूर्वाधार विकास महाशाखा प्रमुख उप महालेखा परीक्षक मोहदत्त तिमिल्सिनाको नेतृत्वमा भौतिक निमार्ण तर्फ, संवैधानिक निकाय, सुरक्षा तथा स्थानीय विकास महाशाखा प्रमुख उप महालेखा परिक्षक बाबुराम गौतमको नेतृत्वमा संवैधानिक निकाय, रक्षा, गृह, महिला, विज्ञान र वातावरण, संघीय मामिला तथा स्थानीय विकास तर्फ र उपमहालेखा परीक्षक रामुप्रसाद डोटेलको नेतृत्वमा अर्थ मन्त्रालय तर्फका निकायहरुको लेखापरीक्षण कार्यको अनुगमन तथा सुपरिवेक्षण कार्य शूरु गरिएको कार्यालयमा सहायक प्रवक्ता अशोक कुमार कार्कीले जानकारी दिएका छन् ।
यस्तै महालेखा परीक्षकको कार्यालयको संगठन विकास तथा व्यवस्थापन महाशाखा प्रमुख तथा उप महालेखा परीक्षक ईश्वर नेपालको नेतृत्वमा नायव महालेखा परीक्षक जीवनप्रसाद सुवेदी र निर्देशक बैकुण्ठ बहादुर अधिकारीबाट नेपाल राष्ट्र बैंक, राष्ट्रिय बिमा संस्थान, राष्ट्रिय बिमा कम्पनी, खाद्य संस्थान र नागरिक उडड्यन प्राधिकरणको लेखापरीक्षण कार्य पूरा गरिएको हो ।
उपत्यका भित्रको समग्र लेखापरीक्षण कार्यको नियमित अनुगमन तथा सुररिवेक्षण नायव महालेखा परीक्षक पदमराज पौडेल र निर्देशक नेत्रप्रसाद पौडेलबाट स्थलगत रुपमा भइरहेको छ । साथै हिमाली १० जिल्लामा भाद्र दोश्रो सातादेखि कार्यालयका उच्च पदाधिकारीबाट अनुगमन तथा सुपरिवेक्षण गर्ने कार्यक्रम रहेको महालेखा परीक्षकको कार्यालयका सहायक प्रवक्ता अशोक कुमार कार्कीले जानकारी दिएका छन् ।
लेखा परीक्षण कार्यको पहिलो चरण अन्र्तगत काठमाडौं उपत्यका र हिमाली १० जिल्लामा गएको साउन १५ गतेदेखि लेखा परिक्षण भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण