बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार

बिहीबार, ०४ असार २०८३, १२ : १६
बिहीबार, ०४ असार २०८३

सारांश

  • नवलपरासीको गैँडाकोट नगरपालिका-२ स्थित नारायणी नदीमा हाम फालेका ६२ वर्षीय झनकप्रसाद पौडेललाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
  • उद्धारपछि पौडेललाई उपचारका लागि चितवन पठाइएको छ, जहाँ उनको अवस्था सामान्य छ ।
  • यसैबीच, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ लार्चामा नदीमा अड्किएका २३ वर्षीय सञ्जीव विकलाई पनि सशस्त्र प्रहरीले उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ ।

काठमाडौँ । नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हाम फालेका एक जना पुरुषको सकुशल उद्धार गरिएको छ । देवचुली नगरपालिका–११ स्थित धारापानी बस्ने ६२ वर्षीय झनकप्रसाद पौडेललाई सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको हो ।

बिहीबार बिहान उनी नदीमा हाम फालेका थिए । सशस्त्रको नम्बर ३१ गुल्म नवलपरासीबाट खटिएको टोलीले उनको उद्धार गरेर सशस्त्र प्रहरी बलका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए । उद्धारपछि उनलाई उपचारको लागि चितवन पठाइएको छ । उनको अवस्था सामान्य छ । 

त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ लार्चामा नदीमा अड्किएका एक जनालाई पनि सशस्त्रले उद्धार गरेको छ । बिहीबार सोही गाउँपालिका वडा नम्बर–१ लिस्ती बस्ने २३ वर्षीय सञ्जीव विकलाई उद्धार गरिएको डीएसपी थापाले जानकारी दिए । 

उनलाई उपचारको लागी धुलिखेल अस्पताल ल्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप